रुस – युक्रेन युद्ध : २२१ पोर्तुगाली सेना नाटो डिटेरेन्स मिसनमा रोमानिया प्रस्थान !

लिस्बन।

रुस – युक्रेन युद्ध सन्दर्भमा २२१ जना पोर्तुगाली सेनाको एक फोर्स नाटो डिटेरेन्स मिसनमा भाग लिन रोमानिया प्रस्थान गरेको छ।

पोर्तुगाली सेनाको उक्त डफ्फा आज अप्रिल १५ मा रोमानियाको लागि प्रस्थान गरेको हो।

सशस्त्र बलका सर्वोच्च कमाण्डर समेत रहेका पोर्तुगाली राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले उनीहरुलाई लिस्बनको फिगो मादुरो विमानस्थलमा आज बिहान ६ : ३० हजे बजे बिदाई गरेका छन् ।

२२१ जना सेनाहरु रहेको उक्त मिशन टोलीमा २०१ जना स्नाइपर कम्पनीबाट एन्टी-एयरक्राफ्ट डिफेन्स मोड्युल, एक खुफिया इकाई र एक समर्थन मोड्युलको साथ २० जना विशेष अपरेशन टोलीका सदस्य रहेका छन्।

युक्रेनको सिमानामा रहेको देश रोमानियामा नाटो ‘टेलर्ड फर्वार्ड प्रेजेन्स’ मिशन अन्तर्गत उक्त टोलीले काम गर्नेछ। यसले दक्षिणपूर्वी भागमा गठबन्धनको प्रतिरोध र रक्षामा योगदान गर्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार