नवलपरासीमा ठुलो मात्रामा लागु औषध सहित दुई जना पक्राउ

रबिन्द्र यादव / नवलपरासी पश्चिम।

ठुलो मात्रामा लागू औषध सहित दुई जना नवलपरासी पश्चिम प्रहरीको फन्दामा परेका छन ।

सुराकीको अधारमा सादा पोसाकका प्रहरीले शंकास्पद रुपमा चेकजाँचको क्रममा सोमबार रामग्राम नगरपालिका वडा नं ६ पोखरापाली बस्ने बर्ष ३८ का रबिन्द्र बनियालाई लागू औषध सहित पक्राउ गरेका हुन । उनको साथबाट प्रहरीले चेकजाँच गर्ने क्रममा प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको २/२ एम.एल. को नुफिन ३९ एम्पुल, फेनारगन ३९ एम्पुल र डाईजापाम ३९ एम्पुल गरी जम्मा ११७ एम्पुल लागुऔषध बरामद गरेको हो ।

बनियालाई नियन्त्रणमा लिई अनुसन्धानका क्रममा सोही स्थान बस्ने बर्ष ४२ को ईन्द्रकमल केवट समेत लागुऔषध कारोवारमा संलग्न रहेको खुल्न गएपछि तत्काल प्रहरीले केवटको घर खानतलासी गर्दा निजको कोठामा खैरो हिरोईन ४.५०० ग्राम, स्पास्मो ( यस पी यम+ लेखेको) ५७२ क्याप्सुल र १०० एम.एल.को ६ बोतल रेक्सटास लेखेको लागुऔषध फेला परेकोले केवटलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ ।

हाल दुबै जना बिरुद्ध औषध मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद लिई लागु औषध ऐन २०३३ बमोजिम अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रेम बहादुर शाहीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार