शहबाज शरीफ बने पाकिस्तानका २३औं प्रधानमन्त्री !

काठमाडौँ ।

पाकिस्तान मुस्लिम लीग–नवाज पार्टीका नेता शहबाज शरीफ पाकिस्तानको २३औं प्रधानमन्त्रीमा चयन हुनुभएको छ ।

शहबार शरीफको समर्थनमा १ सय ७४ मत परेको थियो । उहाँको विपक्षमा कुनै पनि मत परेन ।

इमरान खानको पार्टी पिटिआईका शाह महसुद कुरैशी पहिला निर्वाचन लड्ने बताए पनि संसदको कारबाही सुरु हुनेबित्तिकै संसद पदबाट राजीनामा दिँदै निर्वाचन नलड्ने घोषणा गर्नुभएको थियो ।

प्रधानमन्त्री चुनिएका शहबाज शरीफले सोमबार राति ८ बजे शपथग्रहण गर्नुहुने पाकिस्तानी सञ्चारमाध्यमले जनाएको छ ।

यसअघि आइतबार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वास प्रस्ताव बहुमतले पारित भएको थियो । प्रधानमन्त्रीको पदबाट हट्नेबित्तिकै उहाँले देशभर आन्दोलन गर्ने चेतावनी दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार