काठमाडौँ।
प्रधानमन्त्री शेर बहादुर देउवाले कसैले सस्तो ऋण दिएमात्रै नेपालमा अन्तर्देशीय रेल सञ्चालन गर्न सकिने बताएका छन्।
चोभार c उक्त कुरा बताएका हुन्।
‘रेल ल्याउनुपर्छ भन्ने कुरा आयो’, प्रधानमन्त्री देउवाले भने, ‘तर रेल ल्याउन नेपालको पैसा छैन। कसैले सस्तोमा ऋण दिए ल्याउन सकिन्छ।’
उनले हाल नेपालको अवस्था रेलमार्गमा लगानी गर्न सकिने अवस्था नरहेको बताए।
‘रेलमा लगानी गर्ने भनेर मात्रै हुँदैन। रेलमा लगानी गर्दा नेपालले कति फाइदा गर्छ हेर्नुपर्छ’, उनले भने, ‘सबैसँग सल्लाह गरेपछि मात्रै उचित निर्णय गर्छौँ।’
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र श्रेष्ठले चोभार बन्दरगाहमा वस्तु आयातनिर्यातको लागि फास्ट ट्रयाकसँगै रेलमार्ग आवश्यक रहेको बताएका थिए।
व्यवसायीले रेलमार्ग ल्याउनु आवश्यक रहेको बताएपछि प्रधानमन्त्री देउवाले तत्काल सम्भव नभएको बताए।