लिस्बन।
पोर्चुगलमा पर्यटकको आगमन संख्या ५०० प्रतिशतले वृद्धि भएको तथ्यांक राष्ट्रिय तथ्याङ्क संस्थान (आईएनई) ले जनाएको छ।
फेब्रुअरीमा पर्यटक आवासको संख्या आकासिएको तथ्यांकमा उल्लेख छ।
सो समयमा पोर्चुगलमा १. २ मिलियन पर्यटकहरु दिनमा घुम्नेगरि भित्रिएको र २. ९ मिलियन पर्यटक रातभर बस्ने गरि दर्ता भएको जनाएको छ।
यो संख्या क्रमशः ५०७ प्रतिशत र ५२७.१ प्रतिशतले वृद्धि हो।
आईएनईका अनुसार फेब्रुअरीमा ३६ प्रतिशत पर्यटक आवास प्रतिष्ठानहरू बन्द थिए ।