रबिन्द्र यादव / नवलपरासी पश्चिम।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रियका लागि खेलकुद र सबैका लागि खेलकुद भन्ने मुख्य उद्देश्यका साथ सम्पुर्ण युवा लाई खेल जगतको माध्यमबाट उत्कृष्ट स्थानमा पुर्याउने अभिप्रायले मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रतापपुर गाउँपालिकाको आयोजनामा शनिवार एक विशेष कार्याक्रमका साथ गाउँपालिका स्तरिय एकेडेमी गठन गरिएको छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रतापपुर गाउँपालिका कमिटीको अध्यक्षमा सुरज शाही निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिबेशन एवं सपथ ग्रहण कार्यक्रमबाट शाही अध्यक्षमा सर्वसहमत चयन भएका हुन ।
अधिबेशनले शाहीको अध्यक्षतामा ४१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा आदित्य विक्रम सिंह , सचिवमा शैलेश विश्वकर्मा , कोषाध्यक्षमा उदित सहानी र सह सचिवमा सिर्जना थारु चयन भएका हुन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मदन भण्डारी स्पोर्ट्स एकेडेमीका स्थापक केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव रमेश कुमार शिलवालले खेलाडीको संरक्षण गर्न खेलप्रेमीको महत्वपूर्ण भूमिका रहेको बताए । उनले एकेडेमीले लुकेर रहेका स्थानीय खेलाडी लाई राष्ट्रिय स्तर सम्म पुर्याउने मुख्य लक्ष्य राखेको बताए । उनले अगाडि भने ‘खेलकुदले समाजमा सद्भाव कायम गर्छ, विभेदको अन्त्य गर्छ । त्यसैगरी केन्द्रीयअध्यक्ष धुर्व अचार्यले नवगठित एकेडेमीकपदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय सदस्य एवं प्रतापपुर गाउपालिका अध्यक्षको भावी उम्मेदवार राजेश सिंह थापा (प्रदिप) को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मदन भण्डारी स्पोर्ट एकेडेमीका संस्थापक केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव रमेश कुमार शिलवाल,विशिष्ट अतिथि मदन स्पोर्ट्स एकेडेमीका केन्द्रीय अध्यक्ष धुब्र आचार्य,केन्द्रीय सदस्य नन्दु काउचा,विनोद अचार्य,डा. सुवास चौधरी,मदन अधिकारी, समाजसेवी जन्त्री केवट, युवा नेता युवराज मौर्या लगाएतले नवनिर्वाचित समितिलाई शुभकामना दिएका थिए ।