लिस्बन।
पोर्चुगल युरोपियन युनियनमा सबैभन्दा कम आम्दानी भएका देशहरूको सुचिमा परेको छ।
यो तथ्यांक २०२१ को हो।
यो युरोस्ट्याटले जारी गरेको ‘प्रतिव्यक्ति’ कुल गार्हस्थ उत्पादन (जीडीपीपीसी) को अनुमानले सो कुरा पुष्टि गरेको हो।
युरोपियन युनियनको लागि सिर्जना गरिएको सूचकांकले बुल्गेरिया युरोपियन युनियनका २७ देशहरू मध्ये सबैभन्दा खराब क्रय शक्ति भएको देशमा सुचिकृत भएको छ। यसको क्रयशक्ति युरोपियन युनियनको तुलनामा ५५ प्रतिशतमा रहेको छ।
जब कि पोर्चुगलको क्रयशक्ति ७४ प्रतिशत रहेको छ। यो बुल्गेरियाभन्दा अलि बढी मात्रै हो।