युरोपियन युनियनले पोर्चुगललाई १.६ बिलियन युरो दिने !

लिस्बन।

 

युरोपेली आयोगले पोर्चुगलको लागि १.६ बिलियन युरो कोष स्वीकृत गरेको छ। यो मध्ये ५५३.४४ मिलियन अनुदान हो भने बाँकी ६०९ मिलियन युरो ऋण हो।

“युरोपियन आयोगले पोर्चुगलले प्रस्तुत गरेको १.१६ बिलियन युरोको भुक्तानी अनुरोधको सकारात्मक प्रारम्भिक मूल्याङ्कनलाई अनुमोदन गरेको छ, जसमध्ये ५५३.४४ मिलियन युरो अनुदान र ६०९ मिलियन युरो रिकभरी मेकानिज्म एण्ड रेजिलेन्स अन्तर्गत ऋण हो”, युरोपेली आयोगले बताएको छ।

पोर्चुगलका अर्थमन्त्री जोआओ लिओओले ब्रसेल्समा पोर्चुगिज रिकभरी एन्ड रेजिलिन्स प्लान (PRR) को लागि परिचालन सम्झौतामा हस्ताक्षर गरेका छन् ।

युरोपेली आयोगले सो रकम “स्वास्थ्य, सामाजिक आवास, सामाजिक सेवा, लगानी र नवप्रवर्तन, योग्यता र सीप, वन, नीलो अर्थव्यवस्था, जैव अर्थशास्त्र, नवीकरणीय ग्यासहरू (हाइड्रोजन सहित), सार्वजनिक वित्त र सार्वजनिक प्रशासनको क्षेत्रमा सुधारहरू” को क्षेत्रमा खर्च गर्न निर्दिष्ट गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार