– रबिन्द्र यादव , नवलपरासी पश्चिम।
नवलपरासी पश्चिमको रामग्राम नगरपालिका बालमैत्री नगर घाेषणा हुने भएकाे छ । नगरपालिकाले यही शनिबार बालमैत्री नगर घाेषणा गर्ने तयारी गरेको हो ।
घोषणा कार्यक्रमको अन्तिम तयारी पूरा भएकाे बिहिवार नगरपालीकाले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । बालमैत्री स्थानीय शासन, बालअधिकार सम्बन्धी समग्र पक्ष, बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको प्रवर्द्धन गरी नेपालको संविधान बमोजिम स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न ल्याइएको अवधारणा भएकोले साेहि अनुसार रामग्राम नगरपालिकाले नगरलाई बालमैत्री नगर घाेषणा गर्न लागिएकाे हो र त्यसकाे अन्तिम तयारी पूरा भएकाे पत्रकार सम्मेलनमा नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।
गुप्ताका अनुसार जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, बाल अधिकारकर्मी र सरोकारवालाहरुबाट संयुक्त अनुगमन भई बालमैत्री घाेषण गर्न त्यसकाे जिल्ला समन्वय समितिबाट प्रतिबेदन आईसकेकाे र लुम्बिनी प्रदेश सरकारले बालमैत्री नगर घाेषणा गर्न स्वीकृति दिई सकेकाेले रामग्राम नगरपालिका बालमैत्री नगर घाेषणा गर्ने तयारी अन्तिम चरण पुगेकाे बताए । बालमैत्री नगर घाेषणा हुनु नै बालश्रम मुक्त नगर , बालबालिकाकाे पहुँच ,शिक्षामा पहुँच पुग्ने भएकाे नगरप्रमुख गुप्ताले बताए ।
शनिबार घोषणा कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीको उपस्थिति रहने बताइएको छ । बालमैत्री नगर घाेषणा गर्नकाे लागि ताेकिएकाे सम्पूर्ण सुचकहरू पूरा भईसकेकाे रामग्राम नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राकेश पाण्डे जानकारी दिए । बालमैत्री स्थानीय शासनका न्युनतम सुचकहरु पूरा गरि घाेषणा गर्न लागिएको नगरपालिकाले बताएको छ । घोषणाका लागि ५१ वटा सुचक रहेकाेले ती सबै सुचकहरू नगरपालिकाले पूरा गरिसकेकोले अब नगरलाई बालमैत्री गराउने तयारीमा जुटेका छाै प्रमुख प्रशासकिय अधिकृत पाण्डेले बताए ।
बालमैत्री नगर घाेषणाको लागि मुख्य ४ वटा क्षेत्रमा ५१ वटा सुचक पूरा भई सकेकाे र ५१ सूचकमध्ये ८० मा शतप्रतिशत उपलब्धि हासिल गर्नुपर्ने प्रवाधन रहेकाे नगरपालिका नगरशिक्षा अधिकारी रूद्रप्रसाद रेग्मीको भनाइ छ । उहाकाे अनुसार बाल बचाउ ,बालबिकास ,बाल संरक्षण र संस्थागत बिकास मुख्य रहेकाे ३८ सुचकमा १०० प्रतिशत त्यस्तै ६ सूचकमा ९५ प्रतिशत उपलब्धि, एउटा सूचकमा ९० प्रतिशत र ६ सूचकमा ८० प्रतिशत नतिजा प्राप्त गरी बालमैत्री नगर घोषणा गर्न लागिएको हो । नगरपालिकामा बिद्यालय र टाेलगरी १ सय २ वटा बालक्लब रहेकाे छ जसमा वडास्तरीय १८ वटा बालक्लब र नगरस्तरीय बालसंजाल १ वटा रहेकाे नगरशिक्षा अधिकारी रेग्मीले पत्रकार सम्मेलनमा बताए । नगरपालिकामा १८ बर्ष मुनिका बालबालिकाकाे संख्या कुल २० हजार ८ सय २६ रहेकाे छ । रामग्राम नगरपालिकामा १८ वटा वडाहरू रहेकाे छ । यो अभियान सफल पार्न नगरपालिकाले हरेक वडामा बाल सहजकर्ता तथा बालमैत्री स्वयंसेवक परिचालन गरेको बतायो ।
यसअघि जिल्लामा सुनवल नगरपालिका पहिलो बालमैत्री घोषणा भइसकेको छ । नवलपरासी पश्चिम जिल्लामा तीन नगरपालिका र ४ वटा गाउँपालिका गरि सात वटा स्थानीय तह रहेको छ । नगरपालिका मध्ये रामग्राम नगरपालिका जिल्लाको सबैभन्दा जेठो नगरपालिका हो । रामग्राम नगरपालिकामा १३ वटा वडा रहेको उक्त नगरपालिका स्थानिय तहको संरचना पछि थप ५ वटा वडा थपिएपछि शुन्यबाट बालमैत्री घोषणाका सुचक पूरा गर्न लागिएकोले अलि बालमैत्री घोषणामा ढिलाइ भएको नगरपालिकाले बताएको छ ।