लिस्बन।
बार्सेना डे बुरेबा १९८० को सुरुमा सुनसान थियो र अहिले गाउँमा घरहरू बिक्रीको लागि छन्।
बुर्गोसबाट ४० किलोमिटर टाढा रहेको स्पेनी क्षेत्रमा बर्गोस डे बुरेबा गाउँ छ, जहाँ ५० घरहरु छन्।
सन् १९८० तिर यो गाउँबाट मानिसहरु अन्यत्र बसाइ सरेपछि यो गाउँ एकदमै सुनसान भयो। अहिले त्यो पुरै गाउँ नै ३ लाख ५० हजार युरोमा बिक्रीमा राखिएको छ।
युरोपमा रियल स्टेट क्षेत्रमा काम गर्ने कम्पनी आइडियालिस्तामा ५० घरहरु सहितको पुरै गाउँ ३ लाख ५० हजार युरोमा बिक्रीमा सुचिकृत गरिएको छ।
उक्त गाउँमा अहिले बसोबास गर्ने कोही नभएपनि बिजुली र पानीको आपूर्ति अझै बन्द गरिएको छैन। गाउँका प्रायः सबै घरहरु ढुंगाले बनेका छन् भने गाउँको केन्द्र एउटा चर्च समेत छ।
तस्बिर: आइडियालिस्ता