लिस्बन।
लिस्बनको एक नाइटक्लब बाहिर शनिबार ४ जना प्रहरी अधिकारीहरुमाथि सांघातिक आक्रमण भएको छ।
आक्रमणबाट घाइते भएका प्रहरी अधिकारीहरुमध्ये ३ जना उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भएका छन् भने एक जना प्रहरी अधिकारी अझै पनि कोमामा रहेको र अवस्था चिन्ताजनक रहेको छ।
गम्भीर अवस्थामा रहका प्रहरी अधिकारीको लिस्बनको साओ जोसेमा अस्पतालमा उपचार भईरहेको छ।
घटनाको न्यायिक प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पीएसपी प्रहरीका अनुसार शनिबार बिहान करिब ६:३० बजेतिर “एवेनिडा २४ दे जुल्होमा एक नाइट क्लब बाहिर” दुइ समूहबीच आपसी आक्रमण शुरु भएपछि त्यहि स्थानमा रहेका चार जना प्रहरी अधिकारीहरूले हस्तक्षेप गरेका थिए, ड्युटीबाट बाहिर थिए। ड्युटी बाहिर भएतापनि प्रहरी सुरक्षा अधिकारी भएको नाताले “उनीहरूको कानुनी दायित्व” अनुसार हिंसक आक्रमणमाथि हस्तक्षेप गरेर भिड तितरबितर गर्न खोजे। सोहि समूह प्रहरीमाथि जाइलाग्यो र प्रहरी अधिकारीहरु घाइते भए।
आक्रमणबाट घाइते एक प्रहरी भुइमा लडे जसलाई समुहमा भएका व्यक्तिहरुले लगातार बुटले टाउकोमा बजारिरहे। टाउकोमा चोट लागेका प्रहरी अधिकारी नै अहिलेसम्म कोमामा छन्।
प्रहरीका अनुसार आक्रमणकारीहरु भागेकाले उनीहरुको पहिचान हुन सकेको छैन ।