लिस्वन।
पाेर्चुगलमा नेपाली राजदुतावास स्थापनाकाे लागि अन्तराष्ट्रिय समर्थन सहित दबाब कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम नेपाली महिला समाज पोर्तुगल र पोर्तुगलमा नेपाली राजदुतावास अभियान समूहले गरेको हो। कार्यक्रममा ” सम्पुर्णको चाहना पोर्तुगलमा नेपाली राजदुतावास ” नारा दिएर अन्तर्राष्ट्रिय समर्थन सहित एक अन्तरकृया कार्यक्रम सम्पन गरेको छ ।
उक्त कार्यक्रममा परराष्ट्र मामिला अध्यन प्रतिष्ठानका कार्यकारी उप निर्देशक राजेन्द्र पाण्डेले पाेर्चुगलमा नेपालीहरु बढ्दो उपस्थितिकाे कारण नेपाल सरकारले चाँडै नै यहाँ दुतावास स्थापानाकाे सम्बन्धमा निर्णय गर्नुपर्ने बताए ।
त्यस्तै पाेर्तुगल स्थित महावाणिज्य दुत मकर हमालले अभियान लाई आवश्यक साथ सहयोग गर्ने बताए ।
कार्यक्रममा अष्ट्रेलिया , इजरायल , नर्बे बेलायत , बेल्जियम र नेपाल बाट सहभागीहरुकाे उपस्थिती थियाे ।
गोष्ठीकाे उद्देश्य बारे अभियानका अगुवा अभियन्ता गंगा बहादुर नेम्कुलले स्पष्ट पारेका थिए भने महिला समाज पाेर्चुगलका अध्यक्ष माया खरेलकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजकी उपाध्यक्ष दीपा लिम्बुले स्वागत मन्तव्य दिएकी थिईन ।
कार्यक्रम समाजकी उपाध्यक्ष सरिता शर्माले संचालन गरेकी थिईन ।