लिस्वन ।
मगर संघ पोर्चुगलको छैटौं अधिवेशन आइतवार राजधानी लिस्बनमा सम्पन्न भएको छ। समाजको अधिबेशनबाट कमल पुनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएका छन्।
समाजको अधिवेशनले महासचिवको जिम्मेवारी तेज गाह मगरलाई सुम्पेको छ ।
समाजको उपाध्यक्षहरुमा चुमाया थकाली मगर, भरत बुढा मगर, सूर्य बहादुर थापा मगर, महेश मगर र रविन थापा मगर चयन भएका छन् ।
त्यस्तै कोषाध्यको जिम्मेवारी विनोद राना मगर, सचिवमा बुद्ध मगर, सह सचिवमा गणेश पुन मगर र सह कोषाध्यक्षमा विष्णु घर्ति मगरलाई दिईएको छ ।
समाजको कार्यसमिति सदस्यहरुमा भरत थापा मगर, होम राना मगर, टीका थापा मगर, उर्मिला थापा मगर, इश्वरी बुढा मगर, निशान थापा मगर, हेम बहादुर पुन मगर, टेक बहादुर पुन मगर, सुरेश घर्ति मगर र नवराज बुढा मगर चयन भएका छन् ।
निवर्तमान अध्यक्ष चोप कुमार राना मगरको अध्यक्षतामा सम्पन्न अधिबेशनबाट निर्वाचित कार्यसमितिको आगामी दुई बर्षको लागि चयन भएको हो।