लिस्बन।
होम फुड डेलिभरी कम्पनी जस्ट ईटले पोर्चुगल र नर्वेमा एकै बर्षमा १० मिलियन युरो गुमाएपछि कम्पनी टाट पल्टिएको छ। कम्पनी घाटामा गएसंगै यसले पोर्चुगल र नर्वेमा १ अप्रिलबाट काम गर्न बन्द गर्ने निर्णय गरेको छ।
जस्ट ईट कम्पनी सन् २००१ मा डेनमार्कमा स्थापना भएको हो।
कोरोना महामारीका कारण जस्ट ईट कम्पनीको आम्दानीमा २०२१ मा ३५० मिलियन यूरोको गिरावट आएको थियो, जब कि यो कम्पनीले २०२० मा २६२ मिलियन युरो नाफा गरेको रेकर्ड छ ।
उता ब्राजिलमा पनि यो कम्पनी घाटामा गएसंगै यसले ब्राजिलको iFood मा आफ्नो हिस्सेदारी बेच्न चाहेको बताएको छ। ब्राजिलमा यसको मूल्य २ बिलियन यूरो भन्दा बढी रहेको कम्पनीले जनाएको छ।