ताप्लेजुङ ।
कञ्चनजंघा संरक्षण क्षेत्रमा पर्ने फक्ताङलुङ गाउँपालिका ६ स्थित अम्जिलेसामा वन डढेलो लागेको छ ।
बिहीबार बिहान स्थानीय छुङ्दा शेर्पाको घरबाट सुरु भएको आगलागी फैलिएर वनमा डढेलो लागेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बुले बताउनुभयो ।
आगो नियन्त्रण गर्न सुरक्षाकर्मीलाई समेत पठाउने तयारी भएको उहाँले बताउनुभयो । अम्जिलेसामा ४ घर रहेका छन् । आसपासका लोसे, ग्याब्ला, जोङ्गेन लगायतका बस्तिलाई सचेत गराएको फेम्बुले बताउनुभयो । आगलागी क्षेत्रमा पुग्न लेलेपबाट झण्डै ७ घण्टा पैदल हिड्नुपर्छ ।