नवलपरासी नहरमा मृत भेटिए दुई जना मध्ये एक जनाको पहिचान खुल्यो !

रबिन्द्र यादव, नवलपरासी पश्चिम।

नवलपरासीको पश्चिमी गण्डक नहरमा सोमबार भेटिएका दुई जनाको बेवारिसे शब मध्ये एक जनाको पहिचान खुलेको छ । जिल्लाको प्रतापपुर गाउँपालिका – ७ गुठी सुर्यपुरास्थित नेपाल गण्डक प्राधिकरण जल विद्युत केन्द्र पावर हाउस नजिकै गण्डक नहरमा मृत भेटिएका दुई जनामध्ये एक जना भारतीय नागरिकको शब भएको खुलिएको हो ।

उनी भारत उत्तर प्रदेशको महारागंज जिल्ला श्यामदेउरहवा बस्ने बर्ष ४० को कमलेश गौड रहेको जिल्ला प्रहरी नवलपपरासी पश्चिमका सुचना अधिकारी प्रेमबहादुर शाहीले जानकारी दिए । सोही दिन उनको प्यान्टको प्याकेटमा भेटिएको भारतीय अधारकार्डको अधारमा प्रहरीले सम्बन्धित परिवारलाई भारतीय प्रहरी संग समन्वय गरि पता लगाएको हो ।

उनका आफन्तको सहयोगमा उनको पहिचान खुलेको शाहीले बताएका छन् । पारिवारिक स्रोतका अनुसार गौड महलबारी मदार मेला हेर्न नेपाल आएका थिए । उनी भारत मै कपडा सिलाईकटाइको काम गर्थे । उनको हत्या गरि नहरमा फालिएको हुन सक्ने पारिवारिक स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार