एजेन्सी ।
युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीले रुसले ३० वर्षमा नगुमाएको हतियार १३ दिनमा गुमाएको दाबी गरेका छन् ।
रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको १३ दिन भएको छ । दुबै देशबीच युद्ध जारी छ । १३ दिन सम्म आइपुग्दा रुसले युक्रेनमाथि आक्रमण गरेर धेरै हतियार गुमाएको र १२ हजार रुसी सैनिक मारिएका जेलेन्स्कीको दाबी छ ।
जेलेन्स्कीको दाबीले रुसी सैनिकहरुको मनोबल घट्न सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले बताएका छन् । तर रुसले भने युक्रेनी राष्ट्रपतिको दाबीलाई अस्वीकार गरेको छ । तर यो युद्धका कारण सबैभन्दा बढी रुसले क्षति बेहोरेको युक्रेनको भनाई छ । युक्रेनका राष्ट्रपतिले यो कठिन समयमा उनलाई पश्चिमी देशहरूले सहयोग नगरेको बारम्बार भनिरहेका छन् । पश्चिमा मुलुकहरुले विभिन्न प्रतिवद्धता जनाए पनि पूरा नगरेको युक्रेनको गुनासो छ ।
रुसी सेनाले युक्रेनका विद्यालयलाइ पनि आक्रमणको निशाना बनाउन थालेपछि पानी पिउन नपाएर मारिउपोलमा एक बालिकाको मृत्यु भएको संचारमाध्यमहरुले जनाएका छन् । युद्धका कारण युक्रेनमा कतिपय शहरहरुमा पानीका पाइपहरु फुटेर ध्वस्त भएका छन् भने पिउनको लागि पानीको कमी भएको छ ।