लिस्बन।
करोडपति विदेशी क्रिप्टोकरेन्सी लगानीकर्ताहरूको रोजाइको गन्तब्य पोर्चुगल बन्दै आएको छ। उनीहरु कर उद्देश्यका लागि पोर्चुगललाई आफ्नो गन्तब्य बनाउदै आएका छन्। पोर्चुगल मात्रै युरोपमा लगभग एक मात्र देश हो जसले पूंजीगत लाभहरूमा कर लगाउने गर्दैन।
एक्स्प्रेसोको रिपोर्टका अनुसार, क्रिप्टोकरन्सीहरूको लगानीमा पूँजीगत लाभको सङ्कलनमा कानुनी कर “शून्य” ले पोर्चुगललाई क्रिप्टो लगानीकर्ताहरूको लागि स्वर्ग बनाइदिएको छ। क्रिप्टोलोजाका सह-संस्थापक पेड्रो बोर्जेसका अनुसार क्रिप्टोकरेन्सीमा शुन्य करका कारण यहाँ वास्तवमै धेरै मानिसहरू बस्छन् वा यहाँ आउने बारे सोचिरहेका छन्।
पोर्चुगल बाहेक, जर्मनी र लक्जमबर्ग दुबै देशमा समेत क्रिप्टोकरेन्सीका लागानीकर्ताहरुका लागि आकर्षक व्यवस्थाहरू छन्। यी दुवै देशहरुले समेत क्रिप्टोकरेन्सी लगानीहरूमा कर छुट दिएका छन् , तिनीहरूले उनीहरुको व्यक्तिगत बिवरन समेत सार्वजनिक गर्दैनन्।