लिस्बन।
युक्रेनमा युद्धबाट भागेकाहरूलाई पोर्चुगल सरकारले अस्थायी सुरक्षा प्रदान गर्दै आएको छ।
सरकारले उनीहरुलाई खान र बस्न मात्रै होइन, रोजगारीको समेत बन्दोबस्त मिलाउने प्रयास गरिरहेको छ।
रसिया-युक्रेन युद्धका कारण बिस्थापित भएका युक्रेनी नागरिकहरुलाई बसोबासको बन्दोबस्त गर्न पोर्चुगलमा रहेका स्टेट एजेन्टहरु र स्वयं नागरिकहरुले समेत हातेमालो गर्दै आएका छन्।
सरकारले युक्रेनी नागरिकहरुलाई सुरक्षा प्रदान गर्ने घोषणा गरेसंगै र उनीहरुलाई सुरक्षा प्रदान गरेसंगै आप्रवासीहरुले सरकारले सन्तुलित व्यवहार नगरेको प्रश्न उठाए।
जनस्तरबाट आप्रवासीहरुको बारेमा चासो व्यक्त भएसंगै राष्ट्रपति कार्यालयकी मन्त्री मारियाना भिइरा डा सिल्भाले राज्यले सबै आप्रवासी र राष्ट्रियताहरूमा समान व्यवहार गर्ने बताएकी छिन्। उनले राज्य आप्रवासीमाथि गर्ने व्यवहार सबैमा समान हेन कुरामा ढुक्क हुन समेत आग्रह गरिन्। ।