काठमाडौं ।
युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित रुपमा बाहिरिएको जानकारी परराष्ट्रमन्त्री नारायण खड्काले दिनुभएको छ ।
सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले रुसले युक्रेनमा आक्रमणपछि भारतको उद्धार टोलीको सहयोगमा नेपालीको उद्धार गरिएको बताउनुभयो । उद्धार गरिएकाहरु मध्ये पोल्याण्ड ४ सय २७ जना र बाँकी अन्य देशमा सुरक्षित रहेको उहाँले बताउनुभयो ।
मन्त्री खडकाले भारत सरकारको उद्धार टोलीलाई नेपालीलाई उद्धार गर्न आग्रह गरेको र सो अनुसार सहयोग भएकोमा भारतलाई धन्यवाद समेत दिनुभयो । जर्मनीको बर्लिनमा रहेको नेपाली राजदूतमार्फत युक्रेनमा रहेका नेपालीको उद्धारका लागि पहल गरिरहेको उहाँले बताउनुभयो ।
मन्त्री खड्काले राष्ट्रसंघको ११ औं आपतकालीन बैठकमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको बताउनुभयो । संयुक्त राष्ट्रसंघको बडापत्रको र मानव अधिकारको सम्मान गर्दै युक्रेनको पक्षमा मतदान गरेको बताउनुभयो । मन्त्री खडकाले नेपालले असंलग्न परराष्ट्र नीति अन्तरगत नै युक्रेनको समर्थन गरेको र अर्को कुनै गुटमा नगएको जिकिर गर्नुभयो ।