– रबिन्द्र यादव, नवलपरासी पश्चिम।
नवलपरासी पश्चिम गण्डक नहरमा तैरिरहेको अवस्थामा दुईवटा बेवारिसे शब फेला परेको छ ।
जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ७ गुठी सुर्यपुरा स्थित नेपाल गण्डक प्राधिकरण जलबिधुत केन्द्र पावर हाउसको पुर्व दिशाको गण्डक नहरमा अन्दाजी २५-३० र ३५ – ४० बर्षको दुईवटा पुरुषको शब एउटै ठाउमा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।
दुबै शबको मुचुल्का उठाई पोस्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी प्रेम बहादुर शाहीले बताए ।शव सडेकाले पहिचान खुल्नमा कठिनाई भएको प्रहरीले जनाएको छ ।