रुसी जनतालाई युक्रेनका राष्ट्रपतिको सन्देश : युद्धविरुद्धको आन्दोलन जारी राख

किभ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार रुसी जनतालाई सडकमा ओर्लेर क्रेमलिनको युक्रेनमाथिको आक्रमणविरुद्ध आवाज उठाउन आह्वान गरेका छन् ।

गत सातायता रुसले युक्रेनमा गरेको हमलाको विरोधमा ओर्लेका हजारौँ रुसी जनतालाई प्रहरीले गिरफ्तार गरिसकेको छ । रुस सरकारले २४ फ्रेब्रुअरीदेखि सुरु भएको यस आक्रमणलाई ‘विशेष सैनिक अभियान’ बताउँदै आएको छ ।

अन्तर्राष्ट्रिय नाकाबन्दीले अर्थतन्त्रलाई नराम्ररी क्षति पुर्‍याएको र क्रेमलिनले स्वतन्त्र सञ्चार माध्यमलाई दमन गर्नुका साथै फेसबुकलगायतका सामाजिक सञ्जालहरूको पहुँचमा रोक लगाएकाले रुसी नागरिक अहिले अनिश्चित र एक्लो भविष्यतर्फ अघि बढिरहेका छन् ।

टेलिभिजन सम्बोधन मार्फत राष्ट्रपति जेलेन्स्कीले भनेका छन्, “रुसका नागरिकहरू ! तपाईंहरूका लागि यो संघर्ष युक्रेनको शान्तिका लागि मात्रै होइन, तपाईंहरूको मुलुकका लागि पनि हो । यदि अहिले तपाईंहरू चुपचाप बस्नुभयो भने पछि तपाईंहरूको गरिबी मात्र बोल्ने छ । र, दमनले मात्र जवाफ दिने छ ।”

कोरोना महामारीदेखि नै रुसमा स्वास्थ्य सुरक्षाका कारण देखाउँदै सबै किसिमका विरोध प्रदर्शनलाई अवैध ठहर गरिएका छन् ।

जेलेन्स्कीले भनेका छन्, “युक्रेनी जनताजस्तै रुसीहरू माझ पनि ‘जीवन दासता’बीचकौ छनौट सामु रहेका छन् । आक्रमण सुरु एको ११औँ दिन अर्थात आइतबार पनि रुसी फौजले निरन्तर रूपमा आक्रमण गर्दै ब्ल्याक सीको बन्दरगाह सहर ओडेस्सामा बमबारी गर्ने योजना बनाइरहेको छ ।”

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार