गणेश पाण्डेय, लिस्बन।
नेपाल भित्रिने बिदेशी पर्यटकको संख्या ११६ प्रतिशतले वृद्धि भएतापनि पोर्चुगलबाट नेपाल भित्रिने बिदेशी पर्यटकको संख्या शुन्य रहेको छ। सो तथ्यांक फेब्रुअरी २०२२ को हो।
नेपाल सरकारले प्रकाशित गरेको तथ्यांकमा फेब्रुअरी २०२२ मा १९ हजार ७६६ जना बिदेशी पर्यटक नेपाल भित्रिएका छन्। सोही समयमा अघिल्लो बर्ष जम्मा ९ हजार १४६ जना बिदेशी पर्यटक नेपाल भित्रिएका थिए। यो बर्ष बिदेशी पर्यटकको संख्या ११६ दशमलव एक प्रतिशतले बढेको हो।
युरोपबाट नेपाल भित्रिने बिदेशी पर्यटकहरुमा बेलायती नागरिक सबैभन्दा बढी रहेका छन्। फेब्रुअरी महिनामा मात्रै २ हजार २१७ जना बेलायती नागरिकले नेपालको भ्रमण गरेका छन्। बेलायत पछि जर्मनी ( ६४२ ) , फ्रान्स ( ५२९ ) , नेदरल्यान्ड्स ( २५२ ) , स्पेन ( १८० ) र बेल्जियम ( १७९ ) जना बिदेशी नागरिकले नेपालको भ्रमण गरेका छन्।
नेपाल -पोर्चुगल कूटनीतिक सम्बन्ध:
नेपाल र पोर्चुगलबीच सन् १९७६ सेप्टेम्बर १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। नेपाल र पोर्चुगलबीच मित्रता, सहयोग र समझदारीमा आधारित सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्ध रहेको छ। फ्रान्सका लागि नेपाली राजदूत पोर्चुगलमा एकैसाथ मान्यताप्राप्त छन् । नयाँ दिल्लीस्थित पोर्चुगल दूतावासले नेपाललाई एकैसाथ मान्यता दिएको छ। त्यसैगरी नेपाल र पोर्चुगलले एकअर्काको राजधानीमा मानार्थ महावाणिज्य दूतावासहरू राखेका छन्।
उच्चस्तरीय भ्रमण/बैठकहरू:
पोर्चुगल दिवसको अवसरमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जुन २०२० मा पोर्चुगलका राष्ट्रपतिलाई बधाई दिनुभएको छ ।
त्यस्तै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले २४-२५ जुलाई २०१८ मा पोर्चुगलको भ्रमण गरेका थिए। सो भ्रमणका क्रममा परराष्ट्र मन्त्री ज्ञवालीले पोर्चुगलका विदेश मामिला मन्त्री अगस्टो सान्तोस सिल्भासंग द्विपक्षीय भेटवार्ता गरेका थिए।
द्विपक्षीय परामर्श संयन्त्र:
नेपाल र पोर्चुगलका परराष्ट्र मन्त्रालयहरूबीच २५ जुलाई २०१८ मा द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो।
विकास सहयोग, व्यापार र लगानी :
नेपालको पोर्चुगलसंगको पारस्परिक सम्बन्ध र सहयोग युरोपियन युनियन सदस्य राष्ट्रको माध्यमबाट हुने गर्दछ ।
सम्भाव्यताका बाबजुदपनि नेपालको पोर्चुगलसंगको व्यापार सम्बन्धमा सुधार आउन सकेको छैन । नेपाल पोर्चुगलबिच सम्बन्धको ४६ बर्ष बितिसक्दा पनि पोर्चुगलसंगको नेपालको व्यापार निरन्तर घाटामा रहेको छ।
घाटाको ब्यापार सम्बन्ध :
नेपालको पोर्चुगलसंगको ब्यापार सम्बन्ध निरन्तर घाटामा रहेको छ। पछिल्ला केही बर्षको तथ्यांक मात्रै हेर्ने हो भने पनि सन् २०१६ बाहेक हरेक बर्ष नेपालको पोर्चुगलसँगको ब्यापार सम्बन्ध घाटामा रहेको छ।
निम्न व्यापारिक तथ्याङ्कहरूले विगत केही वर्षदेखि नेपालको पोर्चुगलसँगको व्यापारिक कारोबारलाई प्रतिबिम्बित गर्दछ।
पोर्चुगलमा प्रमुख निर्यातहरू कागज र कागजका उत्पादनहरू, ऊनी गलैंचा, हस्तशिल्प, तयारी पोशाक र सामानहरू, र चाँदीका भाँडा र गहनाहरू, कच्चा छालाहरू, र टक्कर उपकरणहरू हुन्। त्यसैगरी पोर्चुगलबाट नेपालको आयात हुने प्रमुख वस्तुहरू डिओडोरेन्ट, स्पार्कलिंग वाइन, औषधि, जुत्ता, हेडगियर, कार्क र स्टपर हुन्।
पर्यटन र जनताबिचको सम्पर्क :
पोर्चुगलमा बढ्दो नेपाली समुदाय र प्रत्येक वर्ष नेपाल आउने पोर्चुगिज पर्यटकको संख्याबाट दुई देशबीचको जनस्तरको सम्बन्ध प्रस्ट हुन्छ । पछिल्ला बर्षहरुमा पोर्चुगललाई रोजगारीको गन्तब्य बनाउने नेपालीहरुको संख्यामा उल्लेख्य वृद्धि भएतापनि पोर्चुबाट नेपाल भ्रमण गर्ने बिदेशी नागरिहरुको संख्या प्रायः शुन्य छ।
पोर्चुगलबाट नेपालमा आउने पर्यटक तथ्यांक र व्यापारिक घाटा आदिले पर्यटन दुत, चेम्बर्स अफ कमर्सका प्रतिनिधी, बाणिज्य दुतावास र राजदुतावासको भूमिका, प्रभावकारिता र औचित्यमाथि नै प्रश्नचिन्ह खडा गरिदिएको छ।