“बोल्टफुड” ले युरोपमा हरेक अर्डरको ५ प्रतिशत युक्रेनलाई सहयोग गर्ने, रूसी ब्रान्ड बहिष्कार !

– गणेश पाण्डेय, लिस्बन।

खाना डेलिभरी गर्ने ग्लोबल कम्पनी बोल्टफुडले युरोपमा हरेक खाना अर्डरको ५ प्रतिशत युक्रेनलाई सहयोग गर्ने भएको छ।

उसले युक्रेनका जनताको समर्थनमा आगामी दुई हप्तामा युरोपमा हुने हरेक अर्डरको ५ % रेड क्रस लगायत युक्रेनलाई सहयोग गर्ने र गैर-सरकारी संस्थाहरू (एनजीओ) लाई दान गर्ने जनाएको छ। यो रकम ५ मिलियन युरो भन्दा बढी हुने बोल्टफुडले जनाएको छ। उसले सहयोगको पहिलो प्याकेज हिजो नै एक मिलियन युरो स्थानान्तरण गरिसकेको छ।

यसको अतिरिक्त बोल्टले बेलारुसमा तत्काल प्रभावका साथ सबै सवारी-हेलिङ अपरेसनहरू निलम्बन गरेको छ।

त्यस्तै रुसले युक्रेनमाथि गरेको बर्बर युद्दको बिरोधमा बोल्टफुडले रुस-निर्मित र रूसी ब्रान्डका सबै सामानहरू बोल्ट मार्केट स्टोरहरूबाट हटाएको छ। आफ्नो स्टोरमा भएका रुस-निर्मित र रूसी ब्रान्डका सबै सामानहरू परोपकारमा दान गरेको छ।

बोल्टफुडले यी कार्यहरूल युक्रेनका जनतासँगको ऐक्यबद्धता जनाउन गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार