हामीलाई कसैले तोड्न सक्दैन, किनकी हामी युक्रेनी हौं : राष्ट्रपति जेलेन्स्की

काठमाडौं ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफूहरूलाई कसैले पनि तोड्न नसक्ने बताएका छन् ।

मंगलबार युरोपेली संसदको विशेष सत्रमा बोल्दै राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमा भइरहेको दुःखद् घटनाप्रति कडा शब्दमा आपत्ति जनाउँदै युक्रेनीहरू आफ्नो भूमि, स्वतन्त्रता र जीवनको लागि लडिरहेको बताएका हुन् ।

‘हामीलार्ई कसैले तोड्न सक्दैन,’ उनले भने, ‘किनकी हामी युक्रेनी हौं ।’

जेलेन्स्कीले रुसले युक्रेनी बालबालिकालाई निशाना बनाएको बताउँदै सोमबार मात्रै १६ जनाको मृत्यु भएको जानकारी गराए ।

उनले युरोपेली संसदमा आफ्नो साथमा रहँदै असली युरोपेली भएको प्रमाणित गर्न पनि आग्रह गरेका छन् । जेलेन्स्की भिडियो कलमार्फत् संसदको विशेष सत्रमा जोडिएका हुन् ।

यसैबीच, मंगलबार विहानै रुसी सेनाले युक्रेनको दोस्रो ठूलो शहरको ठूलो प्रशासनिक भवनमा क्षेप्यास्त्र प्रहार गरेको छ ।

जसमा १० जना मारिनुका साथै ३५ जना घाइते भएको युक्रेनी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार