एउटै पुरुषका २७ पत्नी र १५० छोराछोरी !

ओट्टावा ।

क्यानडाका एक व्यक्तिले २७ वटी श्रीमती र १ सय ५० छोराछोरीलाई एउटै घरमा राखेका छन् ।

सुन्दा नै यो कुरा अचम्म लाग्ने खालको छ । तर वास्तविकता हो । बेलायती पत्रिका ‘द सन’का अनुसार ६५ वर्षीय विन्स्टन ब्ल्याकमोर नामका यी व्यक्तिले २७ वटी श्रीमति बिवाह गरे । उनको पहिलो श्रीमतिबाट छोरी जन्मिएकी थिइन् उनको नाम मेरी जेन ब्ल्याकमोर हो । जसले आफ्ना बाबु विन्स्टनको जीवनको बारेमा अरुलाई यी कुराहरु बताएकी हुन् । मोर्मोन समुदायमा हुर्केकी मेरी भन्छिन् –उनको बाल्यकालमा उनीसँग भाइबहिनीको पूरै सेना थियो । जब उनी १४ वर्षकी थिइन् तब उनको बुवाको १२ वटी श्रीमती थिए ।

त्यतिबेला उनका ४० भाइबहिनी थिए । पछि उनको बुवाले अरु बिवाह गरे । पछि उनका भाइबहिनीको संख्या १ सय ५० पुग्यो ।मेरीकी आमांँग विन्स्टनले १८ वर्षको उमेरमा बिवाह गरेका थिए । मेरीकी आमा गर्भवती हुँदा विन्स्टनले दोस्रो बिवाह गरेका थिए । मेरी भन्छिन् “ घरमा महिलालाई नियम अलि कडा थियो मेकअप र स्टाइलिस कपाल काट्न प्रतिवन्ध लगाइएको थियो । हामीले कपडा लगाउँदा हाम्रो घाँटीदेखि नाडी र खुट्टासम्म छोप्नुपथ्र्यो । चिया, कफी, रक्सी र चुरोट सेवनमा प्रतिबन्ध थियो । घरमा टिभी, गित र उपन्यासहरुमा पनि प्रतिबन्ध थियो । फुर्सदको समय बाजा बजाएर, नाचेर र गीत भनेर समय बिताउने गरेका गर्नुपथ्र्यो ।”

नियम कडा भएपनि मेरीको बाल्यकाल सुखमा बित्यो । बहुबिवाह गैर कानूनी भएका कारण मेरी बाबुको कती श्रीमती छन् भनेर बाहिर अरु मानछेसँग भन्न हिच्किचाउँथिन् ।

सन् २०१७ मा मेरीको बाबु विरुद्ध बहुबिवाहको आरोप लाग्यो । त्यसपछि सन् २०१८ मा उनलाई दोसी ठहर गरियो र ६ महिना नजर बन्द गरियो । क्यानडामा यो पहिलो बहुबिवाहको सजाय हो । मेरीका अनुसार उनका बाबुले कानूनी रुपमा केवल उनकी आमासंग मात्रै बिवाह गरेका थिए । अरुसंग भने कानूनी रुपमा बिवाह गरेका होइनन् । – द सनको सहयोगमा।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार