पेरिस ।
रुसको आक्रमणमा ७० भन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको छ ।
रुसले जारी राखेको आक्रमण राजधनी केन्द्रीत हुँदा ७० भन्दा बढी सैनिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । आक्रमणमा दर्जनौं सर्वसाधारणको पनि मृत्यु भएको समाचारमा उल्लेख छ ।
रुसले गत हप्तादेखि सुरु गरेको हमलाका कारण कयौं सर्वसाधारण मारिएका छन् भने करोडौंका भौतिक संरचनाहरूमा क्षति पुगेको कताइएको छ ।
रुसले राजधानीमा थप आक्रमण गर्न लाखौंको संख्यामा हतियारसहितक बन्दोबस्ती सामग्री बोकेका ट्रकको ४० किलोमिटरभन्दा लामो लाइन रहेको समाचारमा जनाइएको छ ।
अमेरिकी स्याटलाइट कम्पनीले सार्वजनिक गरेको तस्विरमा रुसले हतियारसहितका सामग्री बोकेर हिँडेका ट्रकको लाइन लागेको देखाइएको छ ।
रुसी सेनाले जथाभावी आक्रमण गर्दा अझै धेरै नागरिकको मृत्यु हुनसक्ने भन्दै बेलायतलगायतका राष्ट्रले चिन्ता व्यक्त गरेका छन् ।