एजेन्सी ।
अमेरिकाकी एकजना शिक्षिकाले आफ्नै विद्यार्थीसंग यौन दुव्र्यवहारको आरोप लागेपछि सोही विद्यार्थीसँग बिवाह गर्नुपरेको छ ।
अमेरिकाको मिसौरी राज्यकी २६ वर्षीया शिक्षिका बेली टर्नरले आफूभन्दा कान्छो विद्यार्थीसंग शारीरिक सम्बन्ध राखेको आरोप लागेपछि उनले ती बिद्यार्थीसंग विबाह गर्नुपर्ने बाध्यता आइलागेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
विद्यार्थीका तर्फबाट बेलीका बिरुद्ध अदालतमा मुद्धा परेको थियो ।
उनले विद्यार्थीसंग यौन दुव्र्यवहार गरेको स्वीकारेपछि सो मुद्धा फिर्ता लिइएको छ । त्यसपछि उनीहरुको हालै बिवाह भएको हो । बेलीको शिक्षकको लाइसेन्स खारेज गरेर प्रहरीले उनलाई गिरफ्तार समेत गरेको गरेको थियो । त्यसपछि उनले आफूले पढाउने बिद्यालयबाट राजीनामा समेत दिनुपरेको थियो ।
उनले सन् २०१९ को जनवरीमा आफ्नै घरमा ती छात्रसंग शारीरिक सम्बन्ध राखेकी थिइन् । अमेरिकी पत्रिका द जोप्लिन ग्लोबका अनुसार शिक्षिका र ती छात्र अब श्रीमान र श्रीमतीको रुपमा बस्नेछन् । उनीहरुको बिवाह हालसालै भएको भनिएपनि कुन महिनामा भएको भन्ने कुरा समाचारमा खुलाइएको छैन ।
अब ती शिक्षिका माथि लागेको यौन दुव्र्यवहारको मुद्धा भने अहिले सकिएको छ । पिडीत छात्रले मुद्धा फिर्ता लिएर बेलीसंग बिवाह गरेपछि मुद्धा सल्टिएको हो ।