लिस्बन।
युक्रेनी शरणार्थीहरुका लागि निःशुल्क आवासको व्यवस्था गर्न पोर्चुगलका एस्टेट एजेन्टहरू एकजुट भएका छन्।
युद्धबाट भागेका युक्रेनी परिवारहरूलाई नि:शुल्क वा धेरै कम भाडामा घर उपलब्ध गराउन पोर्चुगलका एस्टेट एजेन्टहरूले राष्ट्रिय डाटाबेसतयार पारेका छन्।
उनीहरुले यो अभियान शुरु गरेको केहि घन्टामै ३०० भन्दा बढी बेडहरुको व्यवस्था भइसकेको छ।
“हामीलाई थाहा छ कि कसको सम्पत्ति छ, तिनीहरू कहाँ छन् र भवनहरू कसका छन्। हामी मध्ये प्रत्येकसँग धेरै ठूलो डाटाबेस छ। पोर्चुगलमा आइपुगेका युक्रेनी परिवारहरूलाई बस्ने ठाउँ सुनिश्चित गर्न हामी व्यवसाय, होटल र निजी संस्थाहरूसंगै काम गर्दैछौं – “, पोर्टोमा काम गर्ने एस्टेट एजेन्ट जोआना कोल्टनले बताइन्।
पोर्चुगलमा युक्रेनीहरुलाई सहयोग गर्न एक फेसबुक समूह पहिले नै गठन भइसकेको छ (यहाँ क्लिक गर्नुहोस्) । अहिलेसम्म “कार्टाक्सो, फन्डाओ र अब्रान्टेस जस्ता धेरै नगर परिषदहरू, पोर्टोका व्यवसायहरूबाट, पोवोवा डे भार्जिमको होटलबाट र धेरै निजी व्यक्तिहरूबाट प्रस्तावहरू प्राप्त भएका छन्। युक्रेनी शरणार्थीहरूलाई कोठा वा सम्पूर्ण अपार्टमेन्टहरू उपलब्ध गराईदैछ ।
युक्रेनिहरुका लागि अल्गार्भ र मदेइरा बाट पनि रोजगारीका अवसरहरू प्राप्त भईरहेको समुहले जनाएको छ।