भोली मार्च ११ र १८ तारिख लिस्वनमा मेट्रोका कर्मचारी हड्तालमा उत्रिदैं, सेवा अवरुद्ध हुने !

लिस्वन ।

पोर्चुगलको राजधानी लिस्वनमा संचालित ‘मेट्रो’ का कर्मचारीहरु पुर्व निर्धारित तालिका अनुसार भोली मार्च ११ र १८ तारिख हड्तालमा उत्रिने भएका हुन्।

पटक पटकको सरकारसंगको बार्ताबाट निर्धारित पूर्व शर्तहरुको कार्यान्वयन नभएका कारण उनीहरुले आफ्ना मागहरुको सम्बोधन गर्न र सरकारलाई दबाब दिनकै लागि उक्त दिनहरुमा दिन मेट्रो सेवा बन्द गर्न लागेका हुन ।

कर्मचारीको अभावका कारण काम गर्नें अवस्था सहज नभएको र यसअघि भएका सहमति कार्यान्वयनमा ढिलाई भएको भन्दै कार्यरत कर्मचारीहरु आम हड्तालमा उत्रिने उनीहरुले सरकारलाई चेतावनी दिएका छन् ।

सामन्यतय: लिस्वन मेट्राे सेवा विहान ६:३० शुरु हुने भएपनि उक्त दुई दिन भने विहान ९ बजे पछि मात्र शुरु हुने जारि सुचनामा उल्लेख गरिएकाे छ । सुचनामा विहान ५ बजेदेखी ९ बजेसम्म सेवा अवरुद्ध जानकारी छ ।

मेट्रोका कर्मचारीहरुले समय समयमा आफ्ना समस्या र मागहरु राख्दै अघिल्लो बर्ष पनि पटक पटक आन्दोलनमा उत्रिएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार