रुसद्वारा युक्रेनमाथि मिसाइल हमला, एयरबेस र सैन्य अड्डा ध्वस्त !

– लन्डन ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशमाथि रुसले क्षेप्यास्त्र हमला गरेको दाबी गरेका छन्।

युक्रेनी पूर्वाधार तथा सीमा सुरक्षा बलमाथि क्षेप्यास्त्र हमला गरिएको उनले बताएको रोयटर्सले जनाएको छ।

रुसी पक्षबाट त्यस विषयमा कुनै प्रतिक्रिया आइसकेको छैन। यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि कब्जा गर्ने कुनै योजना नरहेको बताएका थिए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा “सैन्य कारबाही” घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ सात वर्षयताकै उच्च बिन्दुमा पुगेको छ। तेलको मूल्य एक्कासी बढेर प्रतिब्यारल सय डलर पुगेको हो।

जारी तनावको असर एशियाली शेयर बजारमा पनि देखिएको छ जहाँ व्यापारमा २ देखि ३ प्रतिशतले गिरावट आएको छ। सुनको भाउ पनि एक वर्षयताकै उच्च बिन्दुमा पुगेको छ भने अमेरिकी डलर र जापानी येन बलियो भइरहेका छन्।

टेलिभिजन सम्बोधनका क्रममा राष्ट्रपति पुटिनले युक्रेनमाथि कब्जा गर्ने “कुनै योजना नरहेको” बताएका छन्।

“विशेष सैन्य कारबाही”को घोषणा गर्ने क्रममा उनले आफ्नो देश कसले चलाउँछ भन्ने “स्वतन्त्र रूपमा रोज्ने अधिकार युक्रेनी जनतालाई भएको” बताए।

रुसले चालेको कदम “आत्मरक्षा” भएको पनि पुटिनले दाबी गरेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार