– रबिन्द्र यादव , नवलपरासी।
नवलपरासी पश्चिममा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दघाट नगरपालिका बस्ने २१ वर्षीयका युवकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
युवकले ती बालिकालाई मगंबार अन्दाजी ९ बजे राति बिहेको कार्यक्रममा ति बालिकालाई चकलेट दिने प्रलोभनमा पारि जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
मुलकी अपराध समिताको परिच्छेद १८ अन्तर्गत जबर्जस्तीकरणी कसुरमा अदालतबाट ७ दिनको म्याद थपगरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी प्रेम बहादुर शाहीले जानकारी दिनु भएको हो।