काठमाडौं ।
नेपालमा कुल जनसंख्याको ६३ दशमलव ४ प्रतिशत व्यक्तिले कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ करोड ८४ लाख ९७ हजार ६ सय ८९ जनाले पूर्ण खोप लगाएका हुन् ।
७३ दशमलव ३ प्रतिशत अर्थात २ करोड १३ लाख ७१ हजार ७ सय ४२ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।
१८ वर्ष माथिका ८१ प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका छन् भने करिव ९२ प्रतिशले भने एक डोज खोप लगाएका छन् ।
१२ देखि १७ वर्ष उमेर समूहका ३४ लाख ५ हजार ५ सय ५५ जना किशोर किशोरीमध्ये ६५ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने ८८ प्रतिशतले पहिलो मात्रा खोप पूरा गरेका छन् ।
९ लाख ६ हजार ५ सय ३३ जनाले भाइरस विरुद्धको बुस्टर डोज खोप लगाएको मन्त्रालयले जनाएको छ ।
नेपालले हालसम्म खरिद र अनुदान गरी ४ करोड ७८ लाख ८२ हजार ८ सय खोप प्राप्त गरेको छ । जसमध्ये ३ करोड ७७ लाख ५५ हजार ४ सय २७ मात्रा खोप लगाइएको छ ।
हाल १ करोड १ लाख २७ हजार ३ सय ७३ डोज खोप मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।