पोर्न स्टारसँग विबाह गरेपछि घर निकाला !

काठमाडौं ।

अमेरिकाका एक जना व्यक्तिलाई पोर्न स्टारसंग विबाह गरेको भन्दै घरबाट निकालेका छन् ।

अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी शेनन रोज नामकी ३६ वर्षीय पूर्व पोर्न स्टारले आफूसँग बिवाह गरेका कारण आफ्नो श्रीमान ट्रेविस डियनलाई घरबाट निकालिएको बताएकी छिन् । त्यतिमात्र हैन जब ट्रेविसका मेनेजरले उनले शेननसँग बिवाह गरेको थाहा पाए त्यसपछि ट्रेसिवसलाई नोकरीबाट हटाइदिए ।

बेलायती पत्रिका ‘डेली स्टार’का अनुसार उनले आफ्नो जीवन संघर्षबारे निकै भावुक भएर कुरा गरेकी छिन् । सेननका भनाई अनुसार जब उनी सानै थिईन उनका बाबुले शेननकी आमालाई छोडेर अर्काे बिवाह गरे । बाबुले सौतेनी आमा भित्र्याएपछि उनका दुखःका दिन शुरु भए । उनलाई सौतेनी आमाले शारीरिक र मानसिक पीडा दिन थालिन् । जसका कारण शेनन मानसिक रुपमा विचलित हुन थालिन् । आफूलाई आड भरोसा दिने कोही नभएपछि त्यसपछि उनी सानै उमेरमा बेश्याबृतिमा फसिन ।

जब शेनन १८ वर्षकी भइन् तब उनी एक क्लवमा स्ट्रिपर भइन् र वयस्क उद्योगमा काम गर्न थालिन् । त्यहाँ १० वर्ष काम गरेपछि उनलाई जीवन साथी र परिवार पनि चाहिन्छ भन्ने लाग्यो र एउटा डेटिङ साइटमा ट्रेबिसलाई भेटिन् ।केहि समयको कुराकानी पछि ट्रेविस र शेननले विबाहा गर्ने निर्णय गरे । तर जब ट्रेविसका परिवारले शेननको अतितको बारेमा थाहा पाए त्यसपछि ट्रेविसलाई घरबाट निकालिदिए । अहिले शेनन् ३७ वर्ष र ट्रेविस ४५ वर्ष भएका छन् ।

उनीहरुले एक अर्काको साथ नछोड्ने बाचा गरेका छन् । उनीहरुका दुइ सन्तान पनि छन् । तर उनीहरुको बस्ने घर छैन । उनीहरुसंग एउटा सानो बस छ । अहिले उनीहरु त्यही बसमा घुम्छन् अनि बसमा यात्रा गर्दा एक ठाउँबाट अर्काे ठाउँमा गएका भिडियोहरु युट्यूवमा राख्छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार