विश्वकप छनोटको पहिलो खेलमा नेपालको शानदार जित

काठमाडौं ।

आईसीसी टी ट्वेन्टी ग्लोबल क्वालिफायरअन्तर्गतको पहिलो खेलमा नेपालले शानदार जीत हासिल गरेको छ । ओमानविरुद्धको खेलमा नेपालले ३९ रनको जित हासिल गरेको हो ।

बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आफ्नो पहिलो म्याचमा आयोजक राष्ट्रमाथि शानदार जित हात पारेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानमाथि ३९ रनको जित हासिल गरेको हो । ओमानलाई १७ ओभरमा अलआउट गर्न नेपाली बलरहरुले शानदार प्रदर्शन गरे ।

नेपालको जितमा कमलसिंह ऐरीले ३ विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । दिपेन्द्रसिंह ऐरीले २ विकेट र जितेन्द्र मुखिया र अविनाश बोहोराले समान १-१ विकेट लिए ।

टस जितेर पहिले बलिङ रोजेको ओमाले नेपालबाट एक सय १८ रनको लक्ष्य पाएको थियो । नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय १७ रन बनाएको हो । जवाफी ब्याटिङमा उत्रिएको ओमान १७ ओभरमा ७८ रनमा समेटियो ।

ब्याटिङतर्फ नेपालका लागि आज आरिफ शेखले सर्वाधिक ३८ रन जोडे । यस्तै कप्तान सन्दीप लामिछानेले १६ रन जोड्दा लोकेश बमले पनि १६ रन नै बनाए । ज्ञानेन्द्र मल्ल आज १५ रन बनाएर आउट भए । यस्तै दिपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमलसिंह ऐरीले १ रन बनाए ।

योसँगै नेपालले सेमिफाइनलमा प्रवेश गर्ने पहिलो खुड्किला पार गरेको छ । अब दोस्रो खेलमा नेपालले फिलिपिन्सको सामना फेब्रुअरी १९ मा गर्नेछ । यस्तै तेस्रो खेल फेब्रुअरी २१ मा क्यानेडाविरुद्ध खेल्ने तालिका रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार