लिस्बन।
कस्काइसको बोका दो इन्फर्नोमा भीरबाट हाम फालेर पोर्चुगलका लागि सर्बियाका राजदूत ओलिभर एन्टिकले आत्महत्या गरेका छन्। ।
राजदुत एन्टिक अन्य कूटनीतिक कर्मचारीहरूसँग कस्काइस नगरपालिकाको भ्रमणमा रहेका थिए। बोका दो एन्फ़ेर्नो नजिकै पुगेपछि उनले चालकलाई गाडी रोक्न लगाए र दगुरेर गएर भीरबाट हाम फाले।
घटनास्थलमै गाडीमा संगै भएका अन्य कूटनीतिक कर्मचारीहरूले घटनाको जानकारी स्थानीय सुरक्षा अधिकारीहरुलाई गराए। उद्धार टोली तुरुन्तै आइपुग्यो।
सामुद्रिक प्रहरी र एस्टोरिल फायर डिपार्टमेन्टले तुरुन्तै राजदुत एन्टिकको उद्धार गरे, घटनास्थलमा जिवितै उद्धार गरिएका राजदुत एन्टिकलाई थप उपचारको लागि कस्काइस मरिनामा लगियो जहाँ उनको मृत्यु भयो।
Са тугом обавештавамо да је наш уважени колега, амбасадор Републике Србије у Португалији Оливер Антић, преминуо у Лисабону.
Остаће упамћени његова професионалност и посвећеност, као и допринос унапређењу односа Србије и Португалије.
Слава му и хвала.https://t.co/dAalLsEbzr pic.twitter.com/UGm4ob2GTC
— MFA Serbia 🇷🇸 (@MFASerbia) February 18, 2022
घटना आज शुक्रवार दिउसो करिब १:२० बजेतिरको हो।
ओलिभर एन्टीक पोर्चुगल, केप भेर्द र साओ तोमे एण्ड प्रिन्साइपलका लागि सर्बियाली राजदुत थिए।