अस्ट्रेलियाका नर्सहरु आन्दोलनमा , तलब वृद्धिको माग !

सिड्नी ।

स्थिर तलब र कर्मचारी अभावको विरोधमा अस्ट्रेलियाको न्यु साउद वेल्सका हजारौं नर्सहरु आन्दोलनमा उत्रिएका छन् ।

नर्सहरुको युनियन र स्वास्थ्यमन्त्री ब्राड हजार्डबीच सम्पन्न वार्ता विफल भएपछि नर्सहरु आन्दोलनमा उत्रिएका हुन् । राज्यमा एक दशकपछि पहिलो पटक नर्सहरुले विरोध गरेका हुन् ।

ओमिक्रोन संक्रमणमा एउटा पछिल्लो बृद्धिले देशमा परीक्षा र अस्पताल प्रणालीमा दबाब परेको छ । न्यु साउद वेल्समा भएका केसहरु अस्ट्रेलियाको २५ लाख संक्रमणहरुको ठूलो हिस्सा हो ।

हजारौं नर्स र अन्य स्वास्थ्यकर्मी एनएसयूको सबैभन्दा ठूलो जनसंख्या भएको सहर सिड्नीमा मार्च गरेका थिए । आन्दोलित स्वास्थ्यकर्मीले हरेक सिफ्टमा एकजना नर्सले ४ जनामात्र बिरामी हेर्न पाउनुपर्ने तथा आफ्नो तलब २ दशमलव ५ प्रतिशतले वृद्धि गरिनुपर्ने माग गरेका छन् । ।

उनीहरुमध्ये कतिपयले व्यक्तिग सुरक्षात्मक उपकरणहरु र नर्सका पोसाक लगाएका थिए । उनीहरूको मागमा नर्स र विरामीको अनुपातदेखि २दशमलब ५ प्रतिशत समावेश छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार