पोर्चुगलमा रोजगारदाता बिरुद्ध हजारौ कृषी कामदारद्वारा नाराबाजी र बिरोध प्रदर्शन : काम गरेको घण्टा नै गायब, तलब भुक्तानीमा अनियमितता, १२ घण्टा काममा आधा घण्टा मात्रै ब्रेक !

लिस्बन।

ओदेमिरा नगरपालिकाको साओ टियोटोनियोमा रहेको सुडोबेरीको ग्रीनहाउसका हजारौ कृषि कामदारहरूले शुक्रबार कम्पनी परिसरभित्रै नाराबाजी र प्रदर्शन गरेका छन्। उनीहरुले राम्रो काम गर्ने अवस्थाको लागि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले १२-१२ घण्टा काममा जम्मा आधा घण्टा मात्रै बेक दिएको आरोप लगाएका छन् त्यस्तै तलबमा अनियमितता र स्पष्टता नभएको उनीहरुको गुनासो छ।

आफुहरुले काम गरेको घण्टाको भुक्तानीमा स्पष्टता नभएकोले उनीहरुले रोजगारदाताले प्रष्ट बुझिनेगरी भुक्तानी गर्नुपर्ने माग गरेका छन्। त्यस्तै १२ घण्टा काम गर्दा खाजाको लागि जम्मा आधा घण्टाको ब्रेक मात्रै भएकोले उक्त समय प्रयाप्त नभएको उनीहरुको गुनासो छ ।

आफुहरु काम गर्ने कम्पनीलाई जतिसुकै अनुरोध गर्दा पनि सुनवाई नभएपछि कम्पनीको मौनताबाट दिक्क भएर कामदारहरूले काम नै छोडेर रोजगारदाता बिरुद्ध नाराबाजी, बिरोध र प्रदर्शनमा उत्रिएका हुन् ।

त्यस्तै उनीहरु काम गर्ने स्थानमा बाथरुम र क्याफेटेरियाको उचित व्यवस्थापन र सरसफाइ समेत नभएको बताएका छन्।

लगभग ५० हेक्टेयरमा फैलिएको सुडोबेरी ग्रीनहाउसह साओ टियोटोनियोको उत्कृष्ट कृषि उत्पादकहरू मध्ये एक हो। उक्त कम्पनीले बिशेष गरी पोर्चुगल र युरोपको अन्य भागहरूमा सुपरमार्केटहरूको लागि रास्पबेरी आपूर्ति गर्ने गर्दछ।

उक्त कम्पनीमा काम गर्ने मजदुरहरुले प्रतिघन्टा ६.२२ युरोको तलब भुक्तानीको सम्झौतामा काम गरेतापनि उनीहरूले काम गर्ने गरेको घण्टा र तलब भुक्तानी नमिलेको उनीहरुको गुनासो छ। उनीहरुले २० दिन काम गर्ने मजदुरले २६ दिन काम गर्नेलेभन्दा पनि धेरै पारिश्रमिक लिने गरेको आरोप लगाएका छन्। कम्पनीको लेखा शाखासँग उनिहरुके बार्ता गर्दा उचित जवाफ पाउन नसकेपछि ति कामदारहरु झनै आक्रोशित भएका थिए।

उक्त कम्पनीमा प्रायगरी नेपाल, भारत र पाकिस्तान, मोरक्को र बुल्गेरियाका नागरिकहरु काम गर्दछन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार