– रबिन्द्र यादव, नवलपरासी |
नवलपरासी पश्चिममा मोटरसाईकल दुर्घटनामा परि दुई जना गम्भिर घाईते भएका छन् ।
शनिवार प्रतापपुर गाउँपालिका वडा नं. ७ सुर्यपुरा स्थित झुलनीपुर त्रिबेणी सडकखण्ड अन्तर्गत साढे चार बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको युपी ५६ ए यल १५१४ नम्बरको मोटरसाईकलले बिपरित दिशाबाट आउदै गरेको लु २ प २०५४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटरसाईकल चालक प्रतापपुर वडा नं.६ बस्ने अन्दाजी ३५ / ४० बर्षिय राजेश केवट गम्भिर घाईते भएका हुन् ।
गम्भिर घाईते केवटलाई उपचारको लागी मेडिकल कलेज भैरहवा पठाईएको जिल्ला प्रहरी कार्यालय परासीका सुचना अधिकारी प्रेम बहादुर शाहीले जानकारी दिनुभयो ।
यसैगरि अर्को नेपाली प्लेट मोटरसाईकल भएको चालक अन्दाजी ३५-४० बर्षका राजेश यादव रहेका छन् । गम्भिर घाईते यादवको उपचारको लागी सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।
हाल दुबै मोटरसाईकल नेपाल प्रहरीको नियन्त्रणमा रहेको छ ।