रबिन्द्र यादव, नवलपरासी |
नवलपरासी जिल्लाको बिभिन्न स्थानबाट करीब ४९ लाख १६ हजार दुई सय ८५ रूपैयाँ मुल्य बराबरको अवैध मालसामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल २६ नं गण हेड क्वाटर नवलपरासी पश्चिम मातहत बोर्डर आउट पोष्ट र सुरक्षा वेश क्याम्पहरुबाट विभिन्न ठाउँमा खटि आएको ड्युटी ,पैदल गस्ती , मोवाईल गस्ती ,चेकप्वाइन्ट टोलिले माघ महिनामा अबैध रुपमा भन्सार छलि ओसार पसार गर्दै आएको अवस्थामा ४९ लाख १६ हजार दुई सय ८५ रूपैयाँ बराबरको मालसामान बरामद भन्सार पठाएको हो ।
बरामद मालसामान आवश्यक कार्यवाहीका लागी राजश्व चुहावटको आशङ्कामा थप अनुसन्धान तथा दाखिलाको लागी राजश्व अनुसन्धान कार्यालय बुटवल र महेशपुर भन्सार बुझाईएको सशस्त्र प्रहरी नेपाल गण नं २६ बेलाशपुर नवलपरासी पश्चिमका सुचना अधिकारी माधव रेग्मीले जानकारी भएको हो ।
जिल्लामा सशस्त्र प्रहरी उपरीक्षक रूप कुमार क्षेत्री आएदेखि सिमा क्षेत्रमा चोरी तस्करीमा निगरानी बढाइएको हो । चोरी पैठारी रोक्न गण नं २६ मातहत रहेका सम्पुर्ण बोर्डर आउट पोष्ट र कमान्ड पोष्टलाई निर्देशन दिइएको क्षेत्रीले जानकारी दिनुभयो ।