लोसपा र एमालेलाई ठुलो झटका , उपाध्यक्ष ,सचिव र एमाले नगस सदस्य एकैसाथ नेपाली काङ्ग्रेसमा प्रवेश ।

रबिन्द्र यादव / नवलपरासी पश्चिम |

लोकतान्त्रिक समाजवादी पार्टी नवलपरासी पश्चिमका वरिष्ठ उपाध्यक्ष र सचिव नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा उनीहरूलाई सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरेका हुन ।

नवलपरासी पश्चिम जिल्लाका वरिष्ठ उपाध्यक्ष नरेन्द्र अग्रहरी र जिल्ला सचिव जयप्रकाश सहनीलाई सभापति देउवाले पार्टीमा स्वागत गरेका हुन । अग्रहरी नेपाल उद्योग वाणिज्य संघ नवलपरासी पश्चिमका उपाध्यक्ष हुन । साथै उनि २०७४ सालको पहिलो प्रदेश सभा सदस्य पदका उम्मेदवारसमेत हुन् ।
अग्रहरी लामो समयदेखि मधेस केन्द्रित पार्टीमा इमानदारीका साथ जिम्मेवारी निर्वाह गर्दै आउनु भएको थियोे । उनलाई लोसपामा प्रभावशाली नेताको रुपमा चिनिने गरिन्थ्यो ।

यस्तै लोसपाकै मनोजकुमार गिरी र लोसपा केन्द्रीय महिला विभागमा आबद्ध माया अग्रहरीलाई पनि सभापति देउवाले पार्टीको सदस्यता दिई पार्टीमा भित्र्याएका हुन ।

यसैगरी नेकपा एमाले रामग्राम नगर समिति सदस्य धिरज शर्मा पनि कांग्रेस प्रवेश गरेको कांग्रेस केन्द्रीय कार्यालय सानेपाका मुख्य सचिव कृष्णप्रसाद पौडेल एक प्रेस विज्ञप्ति निकालेर जानकारी दिए ।

पार्टी प्रवेश कार्यक्रममा पुर्व गृहराज्य मन्त्री एवम् प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कंडेल लगायत नेपाली काङ्ग्रेस जिल्ला स्तरका केही नेताको उपस्थिति रहेको स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार