भोडाफ़ोनमाथि साइबर आक्रमण, भॊडाफ़ोन सहित लाइका, लेवारा र इन्टरनेट फोन कम्पनीका समेत सेवा अवरुद्ध !

लिस्बन।

मॊबाइल र इन्टरनेट सेवा प्रायदक कम्पनी भोडाफ़ोन साइबर आक्रमणको शिकार भएको छ।

भोड़ाफोन पोर्चुगलमामाथि आइतवार साइबर आक्रमण भएको कम्पनीले जनाएको छ।

साइबर आक्रमणपछि भोड़ाफोनको फोन, एसएमएस, टेलिभिजन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो।

साइबर आक्रमणपछि ग्राहकहरुको तथ्यांक चुहावट वा चोरी भएको कुनै पनि संकेत नमिलेको कम्पनीले जनाएको छ।

कम्पनीले सेवा सुचारु भईसकेको जनाएतापनि अझै पनि हजारौ ग्राहकहरुले पूर्ण सेवा लिन सकेका छैनन्।

त्यस्तै भोड़ाफोनको सर्वर प्रयोग गर्ने अन्य टेलिफोन र इन्टरनेट फोन सेवा प्रायदक कम्पनीहरु लाइका, लेवारा, मोच आदिको पनि सेवा अवरुद्द भएको छ।

पोर्चुगलमा आप्रवासीहरुले अधिकतम प्रयोग गर्ने लाइका मोबाइलमा सोमबारदेखि नै फोन नलाग्ने र म्यासेज नजाने समस्या भएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार