लिस्वन ।
तामाङ समाज पोर्चुगलको छैठौं अधिबेशन गत आइतवार सम्पन्न भएको छ।
समाजको छैटौं अधिवेशनले सुजन लामालाई अध्यक्षमा चयन चयन गरेको छ ।
अधिवेशनले नवगठित कार्यसमितिको उपाध्यक्षमा उत्तम कुमार तामाङ, दावा सङ लामा र दिलमाया तामाङ चयन भएका छन् । यस्तै समाजको सचिवमा राजु मोक्तान लामा चयन भए भने सहसचिवमा सुरज तामाङलाई चयन गरिएको छ ।
उता समाजको कोषाध्यक्षमा सकुन्तला योञ्जन, सह कोषाध्यक्षमा कमल ज्योती लामालाई चयन गरिएको छ । यस्तै समितिमा अन्य १३ जना सदस्य समेत चयन भएका छन् ।
अन्तराष्ट्रिय तामाङ परिषद्का अध्यक्ष काजीमान तामाङ तितुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्यदूत मकर हमाल बिशेष अतिथी रहेका थिए ।
कार्यक्रम समाजका निवर्तमान अध्यक्ष मिङमार लामाको अध्यक्षतामा सम्पन्न भएको हो ।
तामाङ समाज पोर्चुगल सन् २०११ मा स्थापना भएको थियो । स्थापना भएयता समाजले विभिन्न सामाजिक, सांस्कृतिक र परोपकारी कार्य गर्दै आईरहेको छ।