मुम्बई ब्लास्टका मोस्ट वान्टेड सूचीमा रहेका आतंकवादी अबु बकर ३० वर्षपछि पक्राउ

नयाँ दिल्ली।

सन् १९९३ मा मुम्बईमा भएको श्रृङ्खलाबद्ध विष्फोट मामिलामा २९ वर्षदेखि फरार रहेका मोस्ट वान्टेड आतंकवादी अबु बकर पक्राउ परेका छन् । उनी संयुक्त अरब इमिरेट्स (युएई)बाट पक्राउ परेका हुन् ।

अबु बकरलाई झण्डै ३० वर्षपछि भारतीय सुरक्षा एजेन्सीको सहयोगमा पक्राउ गरिएको हो । दाउद इब्राहिमको निकट सहयोगी मानिने उनी मुम्बईमा भएको श्रृङ्खलाबद्ध विष्फोटका प्रमुख योजनाकार रहको जनाइएको छ ।

विष्फोटमा २ सय ५७ जनाको मृत्यु हुनुका साथै ७ सय १३ जना घाइते भएका थिए ।पाकिस्तान र यूएईमा बस्दै आएका अबु बकरलाई सन् १९९७ मा पक्राउ गर्न भारतले रेड कर्नर नोटिस जारी गरेको थियो । उनलाई भारत सुपुर्दगी गर्ने तयारी गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । अबु बक्रकाे पूरा नाम अबु बक्र अब्दुल गफुर शेख हो । उनको नाम तस्करी मुद्दामा मोहम्मद र मुस्तफा दोसासँग पनि जोडिएको छ। दुवै दाउद इब्राहिमका विशेष थिए ।-Photo Source: PTI

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार