रुपन्देही।
वर्षा, हावा र विमानस्थल नजिकै परेको चट्याङका कारण टावरमा समस्या आएपछि गौतमबुद्ध विमानस्थल बन्द गरिएको छ ।
विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार आज शुक्रवार दिउँसो ४ बजे टावर नजिकै परेको चट्याङले टावरमा धुवाँ उडेको थियो । साथै टावरको तार चुडिएको र रनवेकाे पीएपीआई लाइट बिग्रेका कारण विमानस्थल बन्द गरिएको दाहालले बताए ।
विमानस्थल बन्द भएपछि विमानस्थलबाट काठमाण्डाै जान पर्खेका यात्रु र यहाँ आउने यात्रुहरू समस्यामा परेका छन् । मर्मतपछि भोलि शनिवारदेखि मात्रै सञ्चालनमा आउने दाहालले बताएका छन् ।