लिस्वन ।
कन्चनपुर महेन्द्रनगरका एक युवाले पोर्चुगलमा आत्महत्या गरेका छन् ।
अल्गार्भ क्षेत्रको एक कृषि कम्पनीमा कार्यरत महेन्द्रनगरका तर्कराज भट्टले झुण्डिएर आत्महत्या गरेका हुन ।
अल्बुफ़ेइरा नजिकै अल्मोग्राफ जियामा बस्दै आएका भट्टले आज बिहान घर नजिकैको रुखमा पासो लगाएर आत्महत्या गरेका छन् ।
मृतक भट्टको शवलाई प्रहरीले पोष्टमार्टमका लागि अस्पताल लगेको बताइएको छ ।
दुई बर्षअघि मात्रै रोजगारीको सिलसिलामा पोर्चुगल आएका भट्ट नेपालमा त्रिचन्द्र कलेजबाट आइएस्सी पास गरेर शिक्षण पेशामा संलग्न थिए।
उनले केही समय अघि मात्रै अस्थायी बसोबास अनुमति पत्र पाएका थिए ।
पछिल्लो एक महिनामा पोर्चुगलमा नेपाली समुदायमा आत्महत्याको यो दोश्रो घटना हो।
एक महिनाअघि मात्रै चितवनका तोक नारायण गुरुङले पोर्चुगलमा आत्महत्या गरेका थिए ।