काठमाडौँ।
नेपाललाई चीन सरकारले उपलब्ध गराएको २० लाख सिरिन्ज आज काठमाडौँ आइपुगेको छ ।
उक्त सिरिन्ज नेपाल सरकारलाई अनुदान स्वरूप उपलब्ध गराएको चिनियाँ दूतावासले जनाएको छ ।
महामारीविरुद्धको लडाइँमा नेपाललाई साथ दिन चीन सधैँ प्रतिबद्ध रहेको दूतावासले जनाएको छ ।
नेपालसँगको निकटता कायम राख्दै आफ्नो क्षमताअनुसार महामारीविरुद्धको लडाइँमा सधैँ सहयोग गर्न तयार रहेको पनि दूतावासले जनाएको छ ।