जीवनशैली स्वस्थकर कसरि बनाउने ?

आजका मानिसका दैनिकी खाना मीठो, चिल्लो र मसालादार खानुपर्ने, ऐस आरामको जिन्दगी बिताउनुपर्ने र दुःख नगरी बस्नुपर्ने बनिरहेका छन्। सोही कारण दीर्घकालीन रोगहरूले मानिसलाई ग्रस्त बनाइरहेको छ। खानपानका कारण लाग्ने सामान्य प्रकारका रोग पनि जटिल रूपमा देखापर्ने गरेको छ। यस्ता रोगबाट छुटकारा पाउन जीवनशैलीमै परिवर्तन गर्नुपर्छ।

के गर्ने ?

– एकै समयमा उठ्ने,

– बिहानको समय आफ्ना लागि पनि छुट्याउने,

– ससाना साहासिक योजना बनाई नयाँ कार्य गर्ने,

– आफ्नो लगावलाई पनि स्थान दिने,

– कार्यालयको काम घरमा नलग्ने,

– हरेक साता एकै किसिमको काम नगरी फरक काम गर्ने,

– दिनहुँ व्यायाम गर्न नछुटाउने,

– साताभरका कुराहरू सोचेर समीक्षा गर्ने,

– परिवारसँग समय बिताउने र

– आउने साताको तयारी गर्ने।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार