नेपाली युवतीमाथि हातपात गर्ने खनालले भने- ” गल्ती भयो, माफी चाहन्छु “

लिस्बन।

पोर्चुगलमा सहकर्मी नेपाली युवतीमाथि दुर्व्यवहार र हातपात गर्ने आफुलाई कानुन व्यवसायी बताउने राजन खनालले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागेका छन्।

आज उनले पिडित नेपाली चेली प्रभा पौडेलसँग भेटेर आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागेका हुन्। पीडक राजन खनालले पिडित प्रभा पौडेलसँग माफी माग्दा साक्षीको रुपमा पीडककी धर्मपत्नी सरस्वती सुवेदी खनाल र एनआरएनए पोर्चुगलका निबर्तमान सचिव प्रकाश ढकाल समेत रहेका छन्। उनीहरु चारै जनाले एक समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

सहकर्मी नेपाली युवतीमाथि दुर्व्यवहार र हातपात गर्ने खनाल आफैले उक्त सहमति पत्र आफ्नो फेसबुक पेजमार्फत् सार्वजनिक गरेका छन्।

उता पिडित प्रभा पौडेलले खनाललाई सामाजिक रुपमा उनले गरेको गल्तिको माफी दिएतापनि प्रहरीमा दिएको उजुरी फिर्ता नलिने र कानुनी लडाईलाई निरन्तरता दिने भोइस अफ नेपाललाई बताईन्।

उता कानुनी परामर्श फर्ममा काम गर्दै आईरहेका खनाललाई सहकर्मीमाथि दुर्व्यवहार गरेको उजुरी स्थानीय प्रहरीसम्म पुगेपछि उक्त कानुनी फर्मका मालिकले निलम्बन गरेका छन् ।

गैर आवासीय नेपाली संघ पोर्चुगलका निबर्तमान कानुनी सल्लाहकार समेत रहेका खनाल घटनापछि सम्पर्कबिहीन भएर भाग्दै लुक्दै आएका थिए । उनले उल्टै पिडितको गल्ती देखाउदै आफुलाई चोख्याउन झुटा कथाहरु बुन्दै आईरहेको थिए।

#InUpdate

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार