नेपाली युवतीमाथि हातपात गर्ने खनाल जागिरबाट निलम्बित !

लिस्बन।

पोर्चुगलमा सहकर्मी नेपाली युवतीमाथि दुर्व्यवहार गर्ने आफुलाई कानुन व्यवसायी बताउने राजन खनाल आफ्नो जागिरबाट निलम्बित भएका छन्।

कानुनी परामर्श फर्ममा काम गर्दै आईरहेका खनाललाई सहकर्मीमाथि दुर्व्यवहार गरेको उजुरी स्थानीय प्रहरीसम्म पुगेपछि उक्त कानुनी फर्मका मालिकले खनाललाई निलम्बन
गरिएको जानकारी दिएका छन्।

स्थानीय अधिकारीहरुलाई घटनासम्बन्धी थप जानकारी दिने र सहयोग गर्नुपर्ने भएकोले यो घटनाको टुंगो नलागुन्जेलसम्म उनलाई उजुरीको आधारमा निलम्बन गरिएको हो।

गैर आवासीय नेपाली संघ पोर्चुगलका निबर्तमान कानुनी सल्लाहकार समेत रहेका खनाल घटनापछि सम्पर्कबिहीन भएर भाग्दै लुक्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार